फिन्ल्याण्डका नेपालीहरुबिच चुनावी चहलपहल सुरु

यतिखेर फिन्ल्याण्डमा दुइवटा चूनावको चहलपहल सुरु भएको छ। पहिलो चूनाव फिन्ल्याण्डको सँसदिय चूनाव जुन यहि अप्रिल १७ मा हुदैछ भने दोस्रो एन आर एन फिन्ल्याण्डको निर्वाचन जुन एक महिना पछि अर्थात मे १५ मा हुन गैरहेको छ। पहिलो चूनावले यहाँ रहेका सिमित नेपालिबिच मात्र सरोकार राख्ने हुँदा यो समाचार चैँ हाम्रो आफ्नै अर्थात एन आर एन फिन्ल्याण्डको निर्वाचनसंग केन्द्रित छ। एन आर एन फिन्ल्याण्डको प्रथम निर्बाचित बोर्डको कार्यकाल समाप्त हुनै लाग्दा नयाँ निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरिएको छ। मार्च २२ को साधारण सदस्यहरु सहितको उपस्थिती रहेको बोर्ड बैठकले गौतम राज मोक्तानको अध्यक्षमा पाँच सदस्य निर्वाचन समितिको गठन लगत्तै नेपालिबिच चुनावी रौनक सुरु भएको हो निर्वाचन समितिले आफ्नो गठनको दुई हप्ता भित्रै अथक प्रयास गर्दै बिस्त्रित निर्वाचन तालिका सार्वजनिक गरेको छ। निर्वाचन कार्यक्रम अनुसार एक अध्यक्क्ष सहित २० सदस्यहरु मतदाताहरुबाट प्रत्यक्ष चुनिने छन्। पछि त्यहि २१ सदस्यहरुले आपसी सल्लाहमा उपाध्यक्क्ष, माहासचिब लगायत अन्य पदाधिकारीहरु छान्नेछन्। यसअघिको निर्बाचनमा अन्तरराष्ट्रिय समन्वय परिषद सदस्य छुट्टै चुनियेको थियो भने यो पटक चैँ उक्त सदस्यको पनि त्यहि प्रथम चरणमा निर्बाचित मन्डलले गर्ने निर्णय भएको छ। यसअघिको निर्बाचनमा निर्बाचित हुनेहरु अधिकाँश राजधानी हेल्सिन्की केन्द्रित रहेको अनुभवका आधारमा गैर आवासिय सँघ फिन्ल्याण्ड सबै नेपालीको साझा थलो होस् भन्ने हेतुले चुनावमा अन्य शहरहरुको लागि निस्चित कोटाको ब्यवस्था गरिएको छ। यो प्रावधानले गर्दा कमसेकम जनाले पाँच प्रमुख क्षेत्रको ( हेल्सिन्की, ताम्पेरे, ओलु, तुर्कु कोपिओ) प्रतिनिधित्व गर्नेछन्। यसअघि झैँ यो पटक पनि मतदाताहरुले हुलाक मार्फत भोट पठाउने प्रावधान यथावत राखियेको छ। निर्वाचन कार्यक्रम सार्वजनिक हुनासाथ निर्वाचनलाई भब्य रुपमा सफल पार्न निर्वाचन समिति हेरेकदिन जसो अनलाइन बैठक बसिरहेको भने एन आर एन बोर्ड एबम सम्भाबित उम्मेदवारहरु मतदाता बटुल्न आआफ्ना तर्फबाट लागिपरेका देखिन्छन्।

श्रवण खनाल, हेल्सिन्की

 


 
Make a Free Website with Yola.