फिनल्याण्ड

यही मार्च २२ तारिखका दिन फिनल्याण्डमा आएर विभिन्न शैक्षिक संस्थाहरुबाट अध्ययन पूरा गरेका नेपाली विद्यार्थीहरुलाई गैर आवासिय नेपाली संघ फिन्ल्यान्डले एक कार्यक्रम बीच सम्मान गरेको छ। कार्यक्रममा फिन्ल्यान्ड्का इमिग्रेसन तथा युरोपियेन मामिला मन्त्री एस्ट्रोड थोर्सले सम्मानित विद्यार्थीहरुलाई प्रमाणपत्र बितरण गर्नु भएको थियो। एन आर एन फिन्ल्यान्डका कार्यबाहक अध्यक्ष ब्योमा ताम्राकारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन गैर आवासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद सदस्य शुशिल ज्ञवालीले गर्नु भएको थियो। कार्यक्रममा बोल्दै वहाँले सन् १९९० मा जम्मा ६ जनाको सन्ख्यामा रहेको नेपाली समुदाय हाल हजार भन्दा बढी रहेको तथ्य जानकारी गराउनु भएको थियो। त्यसैगरि सम्मान पाउने विद्यार्थी समुदायको प्रतिनिधित्व गर्दै एन आर एन फिन्ल्यान्डका कोषाध्यक्ष समेत रहनु भएका डा. अरुण पोख्रेलले बिद्यार्थिहरुका चूनौतीहरुको बिस्लेशण गर्दै त्यस्ता चूनौतीहरुको सामना गरेर सैक्षिकरुपमा सफलता हासिल गर्नु भएका नेपाली विद्यार्थीहरुप्रति गर्व गर्दै हाल अध्ययनरत बिद्यार्थीहरुलाई पनि आफ्नो अध्ययन पूरा गर्न हौसला प्रदान गर्नु भयो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित मन्त्री थोर्सले नेपाल र फिन्ल्यान्ड्बिचको दुइपक्षिय सम्बन्धको चर्चा गर्दै फिन्ल्याण्डलाई अहिलेको बिकसित अवस्थामा ल्याउने प्रमुख मन्त्र शिक्षा नै रहेको उल्लेख गर्दै नेपाल लगायत बिकासोन्मुख देशहरुमा फिन्ल्याण्ड सरकारले उक्त क्षेत्रमा गरेका कामहरुको चर्चा गर्नु भएको थियो। मन्त्री थोर्सले बिभिन्न कठिनाइहरुलाई पार गर्दै आफ्नो अध्ययन पुरा गर्न सफल विद्यार्थीहरुलाई आफ्नो सिप र दक्षताको फिनल्याण्ड तथा नेपालमा प्रदर्शन गर्न आग्रह गर्नुभएको थियो। एक प्रश्नको जबाफ दिदै उहाँले यसरी बिदेशी विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम आफ्नो लागि र वहाँको जानकारीमा समेत पहिलो रहेको स्मरण गराउनु भयो। थप् अर्को एक जिज्ञासामा वहाँले नेपाल अहिले सम्म भ्रमण् गर्न नसक्नुमा बिस्मत मान्दै नेपालको प्रसंशा समेत गर्नु भएको थियो। आफू जहिले पनि फिन्ल्याण्डलाई बिदेशीहरुको लागि खुला राख्दै एकिक्रित समाजको निर्माणको पक्षपाती रहेको बताउनु भयो। उक्त सम्मान कार्यक्रमको समग्र संयोजन भने एन आर एन फिन्ल्यान्ड्का सदस्य सुमन खड्काले गर्नु भएको थियो र कार्यक्रममा ३३ जना नेपालीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो।
श्रवण खनाल