
आज विश्व भुमण्डिकरणको यो संघारमा आईपुगेको अवस्थामा विश्व राजनैतिक, सांस्कृतिक, भौतिक , आर्थिक , धार्मिक रुपमा जति सवल वन्दै गए यो सवैकेा श्रेय केवल त्यो देशको मुलतः संविधान र कानुन नै हो। त्यो कानुन जसले हरेक देशको रुपरेखा र स्वरुपलाई परिवर्तन गर्न ठूलो भूमिका खेलेको हुन्छ त्यो भएको कारणले आज हामीलाई जुन सुनौलो अवसर प्रदान भएको छ हरेक सच्चा नेपालीको लागि यो एउटा स्वर्णिम समय हो। त्यसैकारण आज आम नेपालीका लागि यो समय भनेको संविधान वनाउने समय हो। तर संविधान कस्तो वनाउने त र कस्तो हुनु पर्छ भन्ने विषय नै हाम्रो लागि कौतुहलको विषय वन्दै गईरहेकेा छ। हामी विचमा धेरै नै अप्ठ्यारा स्थितीहरु पनि हाम्रो सामुन्ने पहाड वनेर रहेको स्थिती छ त्यसलाई पार गर्न र भोलिको दिनमा सुख, शान्ति, समृद्ध नेपाल वनाउनको लागि हामी सवैले एकजुट भएर सोच्नु पर्ने वेला आएको छ। अवका दिनमा प्रश्न उठिरहेको छ संघात्मकता। कस्तो खालको संघात्मकता त्यो वारेमा जान्नु पनि अति आव्ास्यक छ। हाम्रो जस्तो सानो मुलुक त्यो पनि विभिन्न जातजाति, भाषा संस्कृति,वर्गक्षेत्र, धर्मको आधारमा या त त्यहाको वसोवासको वाहुल्यतालाई हेरेर? हामीले विभिन्न अरु देशको संविधान र कानुन कस्तो मोडालिटी र स्वरुपमा छ त्यसलाई पनि मध्यनजर गरेर नेपाललाई अखण्ड, अभिभाज्य, शान्ति र समृद्ध नेपाल वनाउनको लागि संघात्मक , क्षेत्रगत , वाहुल्यताको आधारमा वानाईयो भने एकदमै उपयुक्त हुने देखिन्छ। विभिन्न प्रदेशमा विभाजन गरेर केन्द्रिकृत शक्तिलाई विकेन्द्रिकरण गर्न सक्यौ भने हाम्रो देश नेपाल सुख,शान्ति नेपाल वन्नेमा दुईमत नहेाला।
अव प्रवासीहरुले के चाहान्छन त संविधानमा भन्नुपर्दा प्रसंगवश केहि दिन अगाडिको कुरालाई जोड्नु पर्ने देखिन्छ जुन वेला पुस्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा व्यापक उद्घोष गर्नु भयो त्यहा प्रवासीको नाममा एउटा हरफ पनि भनिएन ताकि हाम्रो देश नेपाल प्रवासीहरुकेा रेमिट्यान्सवाट टिकिरहेकेा छ। हरेक पक्षमा प्रवासीहरुको ठूलो देन छ तर पनि प्रवासीकेा नाममा एउटा शव्द
नवोलिनुले के जनाउदछ भने हामी प्रवासीहरु प्रति गौण र महत्व नदिएको हो कि? या त हामीलाई कुनै पनि कुरामा हाम्रो अधिकार सुनिस्चित नगराईएकेा हो कि? जति प्रसग उठे पनि प्रवासीका हकहितका लागि उठेनन् त्यति हुदाहुदै पनि अव प्रवासीहरुले के चाहान्छन भनेर जुन अवसर प्रदान भयो यो भने एकदमै उपयुक्त छ। यसलाई मैले वुदागत हिसावमा राख्ने कोषिश गरेकोछु।
१. सर्वप्रथम त हामी जसरी विदेशमा आएर श्रमलाई एउटा पैसाको लागि खर्च गरिरहेको छौ त्यो श्रम अवका दिनमा स्वदेशमा नै खर्च गर्ने वातावरण वनाईयोंस।
२. हरेक दिन मेनपावर एजेन्सिहरुले मान्छे ठग्ने, तस्कर गर्ने परिपाटी भईरहेको छ त्यो आजैवाट रोकिने वातावरण वनाइयोंस र हरेक मेनपावर एजेन्सिहरुलाई सरकारीकरण गरेर मान्छे पठाउने काम सरकारको मातहतवाट होस ताकि कुनै पनि नेपाली ठगिन र धेरै पैसा वुझाएर आउनु पर्ने वातावरण नहोंस।
३. नेपाल सरकारले दक्ष जनशक्ति, काममानिपुणता, कुनै पनि भाषाको कठिनाई हुनु नपर्ने वातावरण वनाईयोंस ताकि अव नेपालवाट जाने कोहि पनि नेपाली लेवर भिषाको लागि भनेर नपठाईयोंस।
४. साहित्यलाई उचित मूल्याकंन गरियोंस र कुनै अंगको रुपमा राखियोंस ताकि सम्पूर्ण अधिकार साहित्यकारहरुलाई सुनिस्चित गरियोंस। र सेन्सरवोर्डको व्यावस्था गरियोंस र राम्रा साहित्यकारहरुको पुस्तकलाई अनुवाद गर्ने वातावरण वनाईयोंस ताकि कोहि पनि राम्रा साहित्यकारहरु पलायन र सुन्य हुने स्थिती पैदा नहोस।
५. प्रवासिएका कुनै पनि नेपाली दुर्घटना वा मृत्यु भएमा उसलाई उचित क्षतिपुर्तीको व्यावस्था र उसको परिवारलाई कुनै राम्रो लेवल सम्म पढाईने व्यावस्था गरियोंस र देशभर यस.एल.सी सो सरह निसुल्क पठनपाठनको व्यावस्था गरियोंस। कुनै व्याक्ति कुनै काममा दक्ष छ भने उसलाई उचित संरक्षण र प्रवर्दन र लगानी लगाईने वातावरण वनाईयोस।
६. प्रवासीहरुका लगानी उचित ठाउँमा लगायोस ताकि घुसखोरी, भष्ट्रचारी र गुण्डा डकैतीहरुलाई सरकारले उचित खालको कानुन निर्माण गर्न सकोस ताकि उसलाई मृत्युदण्डको सजायको पनि व्यावस्था गरियोंस किनकी भोलीका दिनमा अरु कसैले पनि त्यो किसिमको आँट गर्न नसकोस्।
७. देशमा भईरहेको अराजक, लुटपाट, हत्या हिंसा, मारकाट यस्ता खालका प्रवृतीहरु हटेर अमनचयन शान्ति र समृ्द्ध नेपाल वन्न सकोंस्।
som sapkota
denmark